सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • छोराको कुटपिटबाट बाबुको मृत्यु

छोराको कुटपिटबाट बाबुको मृत्यु

745
Shares
छोराको कुटपिटबाट बाबुको मृत्यु

रसुवा | उत्तरी रसुवामा गए राति छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षणका लागि शव रसुवा अस्पताल पुर्याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

745
Shares

ट्रेन्डिङ