सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दुबई पुगेपछि मात्र ३१ जना यात्रु छुटेको थाहा पाएँ : प्रधानमन्त्री प्रचण्ड

दुबई पुगेपछि मात्र ३१ जना यात्रु छुटेको थाहा पाएँ : प्रधानमन्त्री प्रचण्ड

685
Shares
दुबई पुगेपछि मात्र ३१ जना यात्रु छुटेको थाहा पाएँ : प्रधानमन्त्री  प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको दुबई पुगेपछि मात्र आफुले थाहा पाएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई  जाने क्रममा उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए ।

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले आफ्नो फ्लाइटको टाइम मिलाएको भन्ने जानकारी आफूले पाएको उनले बताए ।‘३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म २ घण्टा छिटो ल्याउन दिने थिइनँ । जुन टाइम हो, त्यही टाइममा जान्थें।’उनले भने

685
Shares

ट्रेन्डिङ