सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जन्ती बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु

750
Shares
जन्ती बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु

 प्युठान  । प्युठानमा जन्ती बोकेको जीप दुर्घटना भएको छ ।

 प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा लु ३ च ६८४७ नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा परेको हो। बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ वर्षका दामोदर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिएका छन् ।

एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिंदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको छ ।

750
Shares

ट्रेन्डिङ