सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हबल्दार घाइते

जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हबल्दार घाइते

610
Shares
जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हबल्दार घाइते

बाँके । बाँकेमा जिपको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ भने सहायक हबल्दार घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै भे १ च ३४०७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा रुकुम पश्चिमको मुसीकोट घर भई कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वलीको मृत्यु भएको हो ।

यस्तै बर्दियाको बाँसगढी नगरपालिका ५ घर भई कोहलपुरमा कार्यरत ३२ वर्षीय प्रहरी सहायक हबल्दार लालबहादुर बुढा क्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको  जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले जानकारी दिएका छन् ।

610
Shares

ट्रेन्डिङ