सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • चीनमा भूकम्प जाँदा १०० भन्दा बढीको मृत्यु

चीनमा भूकम्प जाँदा १०० भन्दा बढीको मृत्यु

775
Shares
चीनमा भूकम्प जाँदा १०० भन्दा बढीको मृत्यु

काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ ।

नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो  । भूकम्पमा परि दुई सय भन्दा बढी घाइते छन् ।

भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् ।

भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

त सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

775
Shares

ट्रेन्डिङ