सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ जनाको मृत्यु

इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ जनाको मृत्यु

555
Shares
इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ जनाको मृत्यु

काठमाडौं । इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ३८२ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार गाजाको मध्य क्षेत्रमा इजरायलले बम वर्षाएको थियो । शरणार्थी क्याम्प पनि आक्रमणको निशानामा परेका थिए ।

इजरायलले एक हप्तायता खान युनिस क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । सोमबार इजरायली सुरक्षा बललले नुसिरत, मागजी, बुरेजी लषयतका क्षेत्रमा आक्रमण गरेका थिए ।

राष्ट्र संघले भने इजरायलको आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका प्रवक्ता सेफ मागांगेका अनुसार इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा सडकमा भारी क्षति पुगेकाले एम्बुलेन्स र राहत सामग्री पठाउन पनि गाह्रो भइरहेको छ ।

 इजरायलको आक्रमणबाट २१ हजार जनाको मृत्यु भइसकेको र ५४ हजारभन्दा बढी घाइते भएको अलजजिराले जनाएको छ । यसमा दुई तिहाइभन्दा बढी महिला र बालबालिकाहरु छन् । यसैगरी इजरायलतर्फ १६० जना सैनिकको ज्यान गएको छ ।

555
Shares

ट्रेन्डिङ