सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भारतीय अभिनेता तथा राजनेता विजयकान्तको कोरोनाबाट निधन

भारतीय अभिनेता तथा राजनेता विजयकान्तको कोरोनाबाट निधन

890
Shares
भारतीय अभिनेता तथा राजनेता विजयकान्तको कोरोनाबाट निधन

काठमाडौं । भारतीय अभिनेता तथा राजनेता विजयकान्तको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अभिनेताबाट राजनीतिज्ञ बनेका विजयकान्तलाई सास फेर्न गाह्रो भएपछि चेन्नईको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।

डीएमडीके पार्टीका संस्थापक विजयकान्त  (७१)  चेन्नईको एमआईओटी अस्पतालमा भर्ना भएको बताइएको छ । यही उनले अन्तिम सास फेरे । उनको मृत्युपछि अस्पताल बाहिर सुरक्षा व्यवस्था बढाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

१९७९ देखी दक्षिण भारतीय फिल्म क्षेत्रमा सक्रिय बिजयकान्तले ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । दक्षिण भारतीय सिनेममा ८०–९० को दशकमा उनले दर्जनौं हिट फिल्म दिएका थिए, जसमध्ये निरुत्तम, शक्तिमानजस्ता फिल्महरुलाई स्मरण गरिन्छ ।

सन २०११ मा, विजयकान्तको पार्टीले ४१ सीटमा चुनाव लडे र २९ सिट जित्यो। यस चुनावमा जयललिताको पार्टी एआईएडीएमकेपछि विजयकान्त विपक्षी नेता बने पछि डीएमडीके दोस्रो पार्टीको रूपमा उभिएको थियो। 

890
Shares

ट्रेन्डिङ