सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा घास काट्ने क्रममा लडेर ५० बर्षिय तिम्सिनाको मृत्यु

काभ्रेमा घास काट्ने क्रममा लडेर ५० बर्षिय तिम्सिनाको मृत्यु

2835
Shares
काभ्रेमा घास काट्ने क्रममा लडेर ५० बर्षिय तिम्सिनाको मृत्यु

काभ्रे | काभ्रेको बेथानचोक गाउपालिका वडा न २ पाटनेखोला नजिक ,हाकेडाडाका एक व्यक्ति घास काट्न जादा लडेर मृत अवस्थामा फेला परेका छन्। घास काट्न गएका वडा न २ हाकेडाडा घर भएका ५० बर्षिय लोक प्रसाद तिमल्सिना मृत भेटीएका हुन्।

बेथान्चोक गाउपालिका वडा न २ का वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाले दिउँसो करिब तिरको ३ बजे घरको छेउमा भएको खस्रु घासको रुखमा चढेर घाँस काटने क्रममा लडेर अलि तल पुगेको र अनुहारमा सामान्य चोट देखिएका लोक प्र तिमल्सिना मृत फेला परेको जानकारी दिएका हुन्।

वडा अध्यक्षका अनुसार प्रहरीले मृत भेटिएको स्थानको मुचुल्का गरेर पोस्टमार्टमका लागि धुलिखेल पठाएको जनाएका छन् । ईलाका प्रहरी कार्लेयालय बनेपाको टोलिले मुचुल्का भएको र पोस्ट मार्टमका लागी पठाईएको जानकारी गराएको छ ।

2835
Shares

ट्रेन्डिङ