सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपाल प्रहरीका पूर्वसई बलात्कार आरोपमा पक्राउ

नेपाल प्रहरीका पूर्वसई बलात्कार आरोपमा पक्राउ

520
Shares
नेपाल प्रहरीका पूर्वसई बलात्कार आरोपमा पक्राउ

काठमाडौं । बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव पक्राउ परेका छन् ।

 १७ पुसमा आमा घरमा नभएका बेला  ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।

पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र त्यसपछि भित्र प्रवेश गरेर आफ्नो कोठामा नफर्की बसेका थिए ।अर्को दिन बेलुकी पनि बन्दुकको गोली देखाएर पुनः जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख गरेको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धानपछि पीडितको स्वास्थ्य जाँच प्रतिवेदन समेत समावेश गरेर बलात्कार गरेको पुष्टि हुने निष्कर्षसहित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ ।

सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।

आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए । र, हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् ।

520
Shares

ट्रेन्डिङ