सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • भारतका किसान फेरि आन्दोलित, दिल्लीमा निषेधाज्ञा

भारतका किसान फेरि आन्दोलित, दिल्लीमा निषेधाज्ञा

410
Shares
भारतका किसान फेरि आन्दोलित, दिल्लीमा निषेधाज्ञा

काठमाडौं । भारतका किसानहरु फेरि आन्दोलित भएका छन् ।

विभिन्न प्रदेशबाट केन्द्रीय राजधानी दिल्ली प्रस्थान गरेका किसानहरुका कारण यातायात सेवा प्रभावित भएको छ । दिल्ली प्रशासनले पूरै प्रदेशभर निषेधाज्ञा जारी गरेको छ ।

यसअघि २०७७ सालमा पनि भारत किसानहरु आन्दोलित भएका थिए । उनीहरुले किसान मार्च निकालेर दिल्ली पुगेर प्रदर्शन गर्दा जनजीवन प्रभावित भएको थियो ।

उनीहरुलाई रोक्ने उद्देश्यले दिल्लीको सीमा क्षेत्रमा थुप्रै संख्यामा सिमेन्टबाट बनाइएका अग्ला, बाक्ला र गह्रुङ्गा ब्यारिकेडहरु लगाइएको छ । मुख्य सडकहरुमा पनि कन्टेनर, बस र क्रेनहरु तेर्स्याएर किसानहरुलाई रोक्ने कोसिस गरिएको छ । हरियाणा र पन्जाबको सीमा क्षेत्रमै प्रहरीले ड्रोनबाट अश्रुग्याँस प्रहार गरेर किसानहरुलाई रोक्ने प्रयास गरेको छ ।

दिल्ली र उत्तर प्रदेशबीचमा पर्ने गाजीपुर बोर्डर, सोनीपत, पानीपत, करनाल, बहादुरगढ, रोहतकतर्फ जाने सडकहरु बन्द गरिएको छ । भारतको सरकारी समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डिया (पीटीआई) का अनुसार दिल्ली प्रहरीले सीमा क्षेत्र र पूरै प्रदेशभर सुरक्षा सतर्कता बढाएको जनाएको छ ।

410
Shares

ट्रेन्डिङ