सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • छात्रामाथि यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापक पक्राउ

छात्रामाथि यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापक पक्राउ

510
Shares
छात्रामाथि यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापक पक्राउ

दोलखा | छात्रालाई यौन दुर्व्यवहारको आरोपमा जिरी नगरपालिकामा रहेको जेम एकेडेमीका प्रधानध्यापक भक्तराज बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो छात्रामाथि यौन दुर्व्यहारको घटनापछि विद्यालयमा विद्यार्थी आन्दोलित बनेका थिए । आक्रोशित विद्यार्थीले प्रधानाध्यापकको कोठा तोडफोड गर्नुका साथै बोहोरालाई कारबाहीको माग राखेका थिए ।

विद्यार्थीहरुले विद्यालयमा तोडफोडका साथै बोहोरामाथि कुटपिटसमेत गरेका थिए ।

विद्यार्थीहरुका अनुसार विद्यालयको होस्टेलमा बस्ने छात्रालाई बोहोराले पटक-पटक यौन दुर्व्यवहार गर्दै आएका थिए । दुर्व्यवहारको घटना सार्वजनिक भएपछि विद्यार्थी आक्रोशित बनेका हुन् ।

प्रहरीले बोहोरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

510
Shares

ट्रेन्डिङ