सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

790
Shares
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रूकुम पूर्व भुमे गाउँपालिका-१ निवासी २७ वर्षीय आदर्श पुन रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।  मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३५ वर्षीय रामकुमार पुन गम्भीर घाइते  भएका छन् ।

पुनको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिए ।

दुबै जना घोराही उपमहानगरपालिका-१८ मा डेरा गरी बस्दै  आएका थिए ।

790
Shares

ट्रेन्डिङ