सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मालदिभ्सको संसदमा सत्ता पक्ष र प्रतिपक्षीबीच झडप

मालदिभ्सको संसदमा सत्ता पक्ष र प्रतिपक्षीबीच झडप

530
Shares
मालदिभ्सको संसदमा सत्ता पक्ष र प्रतिपक्षीबीच झडप

काठमाडौं । मालदिभ्सको संसदमा झडप भएको छ । 

चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो ।

विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते भएका छन् ।स्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय नै झडपको कारण भएको बीबीसीले जनाएको छ । यो विवाद यति धेरै बढ्यो कि सत्ता पक्ष र प्रतिपक्षीबीच हात हालाहाल नै भएको थियो ।

कुटपिटबाट केही सांसदको टाउकोमा चोट लागेको छ । एक जना सांसदलाई त उपचारका लागि अस्पतालमै पुर्याउनु परेको छ । संसदमा भएको यो झडपको भिडियो सामाजिक सन्जालमा भाइरल छ ।

530
Shares

ट्रेन्डिङ