सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेबाट नक्कली नोट छाप्दा छाप्दै १ जना पक्राउ

काभ्रेबाट नक्कली नोट छाप्दा छाप्दै १ जना पक्राउ

1605
Shares
काभ्रेबाट नक्कली नोट छाप्दा छाप्दै १ जना पक्राउ

काभ्रे :- काभ्रेको बनेपामा नक्कली नोट सहित एक मोबाईल पसल सन्चालकलाई पक्राउ गरिएको छ । बनेपामा सन्चालित एक मोबाईल पसलबाट नक्कली पैसा छाप्दा छाप्दै एक मोबाईल पसलका धनिलाई काभ्रे प्रहरीको साहायताले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेथान्चोक वडा न ३ का सबिन हुमागाई रहेका छन । पक्राउ पर्नेको साथबाट पैसा छाप्दा छाप्दै गर्दाको ६९ थान एक हजारको नोट र पाँच सय को एउटा नोट सहित बरामत गरिएको छ ।

हुमागाई सहित प्रहरीले मोबाईल आईफोन , ल्यापटप एक वटा र पैसा प्रीन्ट गर्दै गर्दा नियन्त्रणमा लिईएको हो । बनेपाको वडा ५ स्थित गणेशस्थानबाट अरनिको जाने गल्लिमा एच एम मोबाईल पसल सन्चालन गर्दै आएका हुमागाईलाई नियन्त्रमा लिईएको हो ।

लगनखेलबाट २ जना कारोबार गर्दा गर्दै नियन्त्रणमा लिएर फलो गर्दा गर्दै ललितपुर धापाखेलको प्रहरी र इलाका प्रहरी कार्यलय बनेपाको टोलिको सहायतामा नियन्त्रणमा लिएको हो । कारोबार भए पछि सो कारोबार हुन नदिई यहाँ सोही धापासीको टोलिले फलो गरेर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका हुमागाईलाई धापाखेलकै प्रहरीले निजि सवारीमा राखेर बनेपाबाट लगेको छ ।

1605
Shares

ट्रेन्डिङ