सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य बीमामा आबद्ध अस्पतालले हप्तामा तीन दिन विशेषज्ञ ओपीडी सेवा दिनुपर्ने

स्वास्थ्य बीमामा आबद्ध अस्पतालले हप्तामा तीन दिन विशेषज्ञ ओपीडी सेवा दिनुपर्ने

335
Shares
स्वास्थ्य बीमामा आबद्ध अस्पतालले हप्तामा तीन दिन विशेषज्ञ ओपीडी सेवा दिनुपर्ने

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने जनाएको छ ।

बोर्डले गत मंगलबार निर्णय गर्दै सेवा प्रदायक संस्थालाई कार्यावन्यनका लागि पत्र लेखेको हो ।

सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)ले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य संस्थासंग समन्वय गर्नुपर्ने जनाएको छ ।

बोर्डका अनुसार १०० शय्यासम्मको अस्पतालले हप्तामा १ दिन,  २०० शय्या सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन  नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरूमा नियमित विशेषज्ञ ओपिडी  सेवा दिनुपर्नेछ ।

335
Shares

ट्रेन्डिङ