सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

300
Shares
सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।

हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको हो ।

शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्मका लागि अन्तरजिल्ला सरुवा रोक्का गरिएको मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।

300
Shares

ट्रेन्डिङ