सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एक साता पछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

एक साता पछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

320
Shares
एक साता पछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं  । राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित भएको छ । 

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जना सांसदको नाम मनोनयन गरेको छ । मनोनयन हुने सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् ।

राष्ट्रिय सभाले अनुमगन तथा मुुल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अर्को बैठक यही चैत १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

320
Shares

ट्रेन्डिङ