सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सूर्यविनायक-धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

सूर्यविनायक-धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

300
Shares
सूर्यविनायक-धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

काभ्रे | जिल्लाको केन्द्र बनेपा धुलिखेल अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सुरु गरिएको सूर्यविनायक -साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो l

दुई चरणमा सम्झौता बमोजिम गत २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको थियो । सडक विस्तारका क्रममा काभ्रेको व्यापारिक नगरी बनेपा नगर र धुलिखेलमा सडक आसपास नै राखिएको खानेपानीका पाइप र ढल व्यवस्थापनमाका कारण सडक निर्माणमा कठिनाई हुन थालेको सडकका सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी गराएका छन्।

खनालले भने ” खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको हो। विशेष गरी बनेपा नगरको मुख्य बजार क्षेत्र पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको तीन दशमलव दुई किलोमिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको छ “

सूर्यविनायक देखि धुलिखेल खण्ड कूल १५.५ किमि र साँगादेखि धुलिखेल ८.४ किमी विस्तार कार्यका १ वर्षअघि सुरु गरिएको हो। सूर्यविनायकदेखि धुलिखेलसम्मनै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ भने विभिन्न स्थानमा हाल कल्भर्ट निर्माणको काम निरन्तर चलिरहेको छ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको यो सडकले चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका केही महिनाअघि खुला भएपछि यस राजमार्गमा सवारी चाप अत्यन्तै बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय काभ्रेको तथ्यांङ्गले देखाएको छ।

सडक निर्माण र ठाउ ठाउमा सडक ड़ाईभर्शनले पनि यात्रु र चालकलाई समेत अत्यन्तै सास्ती झेल्दै आएका छन्।

300
Shares

ट्रेन्डिङ