सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • डाडापारीबाट सुत्केरी महिलाको हेलिकप्टरमा उद्धार

डाडापारीबाट सुत्केरी महिलाको हेलिकप्टरमा उद्धार

845
Shares
डाडापारीबाट सुत्केरी महिलाको हेलिकप्टरमा उद्धार

काभ्रे | जिल्लाको कर्णाली भनेर चिनिने डाडापारीको महाभारत गाउँपालिकाबाट एक जना सुत्केरी महिलाको गाउपालिकाकै पहलमा हेलिकप्टरबाट उद्धार गरिएको छ ।

आज महाभारत गाउँपालिका वडा न १ सहान निवासी कान्छीमाया वाईबा सुत्केरी बेथाको क्रममा एक्कासी रक्तचाप (प्रेसर बढी) भएपछी बिरामीलाई हेलिकप्टर मार्फत काठमान्डौ स्थित थापाथली अस्पताल पठाईएको हो ।

वाईबालाई हेलिकप्टर मार्फत उद्धार गरिएको महाभारत गाउँपालिकाले जानकारी सार्वजनिक गरेको छ । भने वडा न १ का वडा अध्यक्ष कान्छामान जिम्बाले सामाजिक सन्जालमा उद्धारकार्यमा सहयोग गरेको प्रती धन्यवाद दिदै जानकारी दिएका छन ।

गोकुले स्वास्थ्य चैकीबाटबाट उद्धार गरीएको निशुल्क रहेको समेत गाउपालिकाले जनाएको छ ।

845
Shares

ट्रेन्डिङ