सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • काभ्रेमा बस र सुमो ठोक्कियो , छ जना घाइते

काभ्रेमा बस र सुमो ठोक्कियो , छ जना घाइते

685
Shares
काभ्रेमा बस र सुमो ठोक्कियो , छ जना घाइते

काभ्रे । नमोबुद्ध नगरपालिका वडा न २ बेला स्थित बिपि राजमार्गमा बस र सुमो एक आपसमा ठोकिँदा ६ जना घाईते भएका छन ।

विपि राजमार्गमा भकुण्डे बाट धुलिखेल आउदै गरेको बा ३ ख ८१५५ नम्ब्बरको बस र धुलिखेलबाट भकुन्डे जाँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

घाईते हुनेमा सुमोमा सवार १० जना मध्ये चालक सहित ६ जना घाईते रहेका छन ।घाईतेहनेहरुमा महोतरी जिल्ला बर्दिबास बस्ने बर्ष ५२ की रासुदेवी महरा तेस्तै सोही स्थान बस्ने बर्ष ४८ की सुमिन्द्र देवी सङै महोतरी ३ बस्ने वर्ष ३९ की दुर्गा वराईली सर्लाही जिल्ला लालबन्दी बस्ने बर्ष ३५ की सबिना थपलिया र सोही जिल्ला लालबन्दी नै बस्ने सविना थपलियाको छोरी वर्ष ८ की सन्हया थपलीया , महोत्तरी ३ बस्ने बर्ष ३४को सुमन बि।क र चालक धनुषा जिल्ला यज्ञे भुमि नगरपालिका ८ बस्ने बर्ष ५५ को बिषेश्वर बुर्गामगर घाईते भएका हुन ।

जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार घाईते मध्य ३ जना बेहोस र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारको लागी धुलिखेल अस्पताल पठाईएको छ । बस चालक प्रहरी चैकी भकुण्डेको नियन्त्रणमा रहेको सुचना अधिकारी श्रेष्ठले जनाकारी दिएका छन् ।

685
Shares

ट्रेन्डिङ