सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ओम डेभलपमेन्ट बैंकको लेकसाईडमा शाखा

ओम डेभलपमेन्ट बैंकको लेकसाईडमा शाखा

2760
Shares
ओम डेभलपमेन्ट बैंकको लेकसाईडमा शाखा

पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेकसाईडमा शाखा बिस्तार गरेको छ । शाखाको एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।
बैंकको यो ३१ औं शाखा हो । यसअघी ३० वटा शाखाहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको र लेकसाईडको शाखासहित अब ३१ शखा पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।
शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गरांउदै मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियामा रहेको शाखा सहित ४२ वटा शाखा कार्यालय हुने जानकारी दिईएको थियो ।
बैंकले आर्थिक बर्ष २०७३ पौष मसान्तसम्म १२ अर्ब ९९ करोड निक्षेप संकलन, ११ अर्ब ३४ करोड कर्जा लगानी गरि २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको थियो ।

2760
Shares

ट्रेन्डिङ