सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • होलीको अवसरमा टेलिकमको विशेष अफर

होलीको अवसरमा टेलिकमको विशेष अफर

5260
Shares
होलीको अवसरमा टेलिकमको विशेष अफर

नेपाल टेलिकमले होलीको अवसरमा छुट योजना सार्वजनिक गरेको छ । टेलिकमले डाटा, भ्वाइस र एसएमस सबैमा विशेष अफर ल्याएको छ ।
कम्पनीले जिएसएम तथा सीडिएम ग्राहकका लागि होली अफर उपलब्ध गराएको हो । अफर अन्तर्गत रिचार्ज कार्डमा डाटा बोनस, यूट्युब् डाटा प्याक र सएमएस प्याक रहेका छन् ।
सो अवसरमा रिचार्ज कार्डमा दुई सय रुपैयाँको रिचार्ज कार्डमा दुई सय डाटा, पाँच सय रुपैयाँको रिचार्ज कार्डमा ५ सय एमबी र एक हजार रुपैयाँको रिचार्ज गर्दा एक जिबी डाटा उपलब्ध गराएको छ ।
उक्त डाटाको समयावधि फागुन २९ गतेदखि चैत ३ गतसम्मका लागि हुनेछ । टेलिकमका अनुसार सो डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म उपभोग गर्न सकिनेछ ।
त्यसैगरी यूट्युब डेटा प्याक अन्तर्गत एक सय रुपैयाँमा दुई दिनको लागि १ जिबी, ६० रुपैयाँमा एक दिनको लागि पाँच सय एमबी डाटा उपलब्ध गराएको छ । यो अफर भने २९ गतेदेखि २०७३ चैत १३ गतेसम्म चल्ने छ ।

5260
Shares

ट्रेन्डिङ