सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रअको लापरवाहीले १ सय ३० विद्यार्थीको भविष्य अन्धकार बन्दै

प्रअको लापरवाहीले १ सय ३० विद्यार्थीको भविष्य अन्धकार बन्दै

4120
Shares
प्रअको लापरवाहीले १ सय ३० विद्यार्थीको भविष्य अन्धकार बन्दै

उदयपुर । उदयपुरमा नयाँ विद्यार्थी विद्यालय भर्ना अभियान चलिरहेकै अवस्थामा एक प्रधानाध्यापकको लापरवाहीले एक विद्यालयका १ सय ३० विद्यार्थीको भविष्य अन्धकार बन्दै गएको छ । ताप्ली गाउँपालिका वडा नं. १ ओख्ले स्थित महेन्द्र आधारभूत निम्न माध्यमिक विद्यालयको प्रधानाध्यपकको लापरवाहीले पठन पाठन कमजोर बन्दै गएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल मगरका अनुसार प्रअ रामऔतार यादव धेरै जसो ब्यक्तिगत काममा हिडने, समयमा विद्यालय उपस्थित नहुने, पठनपाठनमा ध्यान नदिने, प्रमुखको हैसियतले गर्नुपर्ने जिम्मेवारी वहन नगर्ने भएपछि विद्यालयको पठनपाठन कमजोर बनेको हो । अध्यक्ष मगरका अनुसार प्रअ अनुपस्थितिको मौका छोप्दै अन्य शिक्षकहरु समेतले पठनपाठनमा ध्यान दिएका छैनन् ।
शिक्षकहरु आलोपालो जस्तो गरेर विद्यालय आउने, आएपनि पठनपाठन नगरी हाजिर गरेर फर्कने अध्यक्ष मगरको आरोप छ । धेरैजसो शिक्षकको अनुपस्थिति हुने र उपस्थिति भएपनि नपढाएपछि बालबालिकाहरु पढाई नै हुदैन भन्दै आफुखुसी घर फर्कने र विद्यालय जान समेत नमान्ने अभिभावक मिनबहादुर परियारले बताए । “सरहरुको कारण हाम्रो बालबालिकाको भविष्य पो विग्रने भो !” परियारले चिन्ता ब्यक्त गरे । करिब १ सय ३० जना विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा पढाई नहुँदा दिनहुँ चालिस प्रतिशत भन्दा कम विद्यार्थी मात्र उपस्थित हुने गरेको एक अभिभावकले बताए ।
प्राथमिक तहमा प्रअसहित ३, निमावि तहमा नीजितर्फ २, राहतकोटा १ गरी ६ जना शिक्षकहरु रहेपनि पालैलो गरेर ३÷४ जनाको मात्र उपस्थिति हुने गरेको छ । गाउँको विद्यालय, त्यसमा पनि अभिभावकहरुले विरोध गर्न नसकेपछि प्रअ लगायत शिक्षकहरुको मनमौजी लापरवाही बढेको हो । जतिनै प्रअलाई कमि कमजोरी सुधार गर्न मौका दिएपनि नसुध्रिएको र गरेर आप्mनै मनोमानीले चल्ने गरेको गुनासो अध्यक्ष मगरको छ । “कम्तिमा विद्यालय बाहिर जाँदा विब्यासलाई जानकारी गराउनुस् भन्दासम्म वास्तै गर्दैन् ।” अध्यक्ष मगरले भने ।
यस विषयमा प्रअ यादवलाई मोवाईल सम्पर्क गर्दा घरको ढलानको काम गर्न गएको बताए । विद्यालयबाट विदा नै नलिई घर गएका प्रअ यादवले अरु शिक्षकले विद्यालय सन्चालन गरिरहेको जवाफ दिएका थिए । घरको ढलानको काम सकेर फर्कने बताएका प्रअ यादवले पत्रकारले सोधको थाहापाएपछि भने युनिसेफको जरुरी कामले निस्कदा घर आएको भन्दै ढाट्ने प्रयास गरेका थिए ।
सो क्षेत्रका विद्यालय निरीक्षक चन्देश्वर शर्मासंग जिज्ञासा राख्दा अभिभावकको ब्यापक जन गुनासो आएकोले विद्यालयका सबै कागजपत्र र अवस्थाबारे निरीक्षण गरेर जवाफ दिने बताए । जाल्पा एकिकृत विकास समाज, नेवा लगायतका संस्थाहरुले समेत विद्यालयको आधारभूत आवश्यकता परिपूर्ती तथा पठनपाठनका लागि विभिन्न किसिमका सहयोगहरु दिदै आएको विद्यालयको अवस्था प्रअकै लापरवाहीले नाजुक भएपछि काम गर्न समस्या भएको जाल्पा एकिकृत विकास समाजका सामाजिक परिचालक विवेक मगरले बताए ।

4120
Shares

ट्रेन्डिङ