सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बल्ब खरिद नेपाल र भारत सरकारबीच सम्झौताबाट हुन्छःऊर्जामन्त्री

बल्ब खरिद नेपाल र भारत सरकारबीच सम्झौताबाट हुन्छःऊर्जामन्त्री

7510
Shares
बल्ब खरिद नेपाल र भारत सरकारबीच सम्झौताबाट हुन्छःऊर्जामन्त्री

सल्यान, २६ वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताउनुभएको छ । गृह जिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन भन्नुभयो । उहाँले खलङ्गा शीतलपाटी खानेपानीका लागि विद्युत् जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण सल्यानलाई निर्देशन दिनुभयो ।
अर्काे प्रसङ्गमा उहाँले सरकारले सबैलाई मिलाएर लानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्न लागिएको जानकारी दिनुभयो । “सरकारले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढ्न चाहेको छ, मधेसी मोर्चालाई पनि चुनावमा ल्याउन दुई चरणमा चुनाव गर्न लागिएको हो”, मन्त्री शर्माले भन्नुभयो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न स्थानमा भइरहेको झडपलाई लक्षित गर्दै दलहरुलाई संयमित हुन आग्रह गर्नुभयो । “स्थानीय तहको चुनावमा सबै संयमित बनाँै, कसैैले पनि प्रतिशोध र तडकभडक नगरौंँ, सबै राजनीतिक दलले आफ्ना कार्यकर्तालाई संयमित बनाउने प्रयास गरांैँ”, मन्त्री शर्माले भन्नुभयो । रासस

7510
Shares

ट्रेन्डिङ