काभ्रेमा आज ५ जनामा को रो ना देखिएको छ ।
गत २४ घण्टामा ११६ जनामा गरिएको को रो ना परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज ७ जना को रो नाका विरामी निको भएका छन् ।
जिल्लामा अहिलेसम्म १४ हजार ८२४ जना कोरोना सं क्र मि त भइसकेका छन् । ती मध्ये १४ हजार ५९४ जना सं क्र मि त निको भइसकेका छन् । हालसम्म जिल्लामा ३७ जना को रो नाका सक्रिय बिरामी छन् ।
उनीहरु सबै जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।
बनेपामा ११ जना, पाँचखालमा १ जना नमोबुद्धमा १, पनौतीमा ११ जना संक्रिय संक्रमित रहेका छन् ।
यसैबिच आज २४९जनाले कोरोना वि रु द्धको खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिए ।