सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सात दिनदेखि हराएका दिपेश भेटिए

सात दिनदेखि हराएका दिपेश भेटिए

6165
Shares
सात दिनदेखि हराएका  दिपेश भेटिए

 

सात दिनदेखी बेपत्ता भएका मन्थली नगरपालिका–१ का २७ बर्षिय दिपेश मानन्धर सम्पर्कमा आएका छन् ।

उनी मन्थली नगरपालिकाको भैशेश्वर चोकमा बुधवार साँझ भेटिएका हुन् । यहि फाल्गुन ५ गते बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश त्यसपछि घरमा फर्किएका थिएनन् ।

घरवाट उपचारको लागि जान्छु भनेर हिडेका दिपेश गाडी चढेर काठमाण्डौं तर्फ गएको उनले बताएका छन् ।

उनी काठमाण्डौंमा गएर साथीहरुसँग बसेको र पछि साथीहरुसँग विदा मागेर आफै घर आएको दिपेशले आफ्नो बुबा आमालाई जानकारी गराएका छन् ।

काठमाण्डौंबाट गाडी चढेर घर फर्किएका दिपेशले भैश्वेश्वर चोकमा रोकेको गाडीवाट झरेर पसलमा सामान किन्न लाग्दा व्यवसायीहरुले चिनेपछि उनलाई दिपेशको घरसम्म ल्याइदिएका थिए ।

एकहप्ता देखी हराएका दिपेश घरमा आएपछि घरपरिवारका सदस्य तनावमुक्त भएका छन् ।

दिपेश घरमा आएसँगै उनका बुबा दिलकुमार मानन्धरले हराएको छोरा सम्पर्कमा आएकपछि खुशी व्यक्त गरेका छन् ।

त्यस्तै उनले एकहप्तासम्म खोजतालसमा संलग्न सबैलाई सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

 

 

6165
Shares

ट्रेन्डिङ