सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • त्रिभुवन विमानस्थलमा गोली चल्यो, लागुऔषध कारोबारी घाइते

त्रिभुवन विमानस्थलमा गोली चल्यो, लागुऔषध कारोबारी घाइते

4525
Shares
त्रिभुवन विमानस्थलमा गोली चल्यो, लागुऔषध कारोबारी घाइते

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको क्षेत्रमा गोली चलेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर शम्भू मार्गमा गोली चलेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागूओषधकारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । ब्यूरोका प्रहरी उपरीक्षक (एसपी)चक्रराज जोशीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको जानकारी दिए ।

प्रहरीको जवाफी कारबाहीमा एक लागूऔषध कारोबारी गोली लागेर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको उनले जनाए । उनको साथबाट लागूऔषध बरामद भएको जोशीले जानकारी दिए ।

4525
Shares

ट्रेन्डिङ