सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मादक पदार्थ सेवन गरी प्रहरीमाथि दुर्व्यवहार गर्ने ३ पक्राउ

मादक पदार्थ सेवन गरी प्रहरीमाथि दुर्व्यवहार गर्ने ३ पक्राउ

925
Shares
मादक पदार्थ सेवन गरी प्रहरीमाथि दुर्व्यवहार गर्ने ३ पक्राउ

संखुवासभा :- प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७ विहीवारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन् ।

पाँचखपन नगरपालिका-७ विहीवारे बजारमा उनीहरुले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

हातपात गर्दा घाइते भएका एक जना प्रहरी कर्मचारी बाना स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

925
Shares

ट्रेन्डिङ