सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुदूरपश्चिममा देखियो पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै

सुदूरपश्चिममा देखियो पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै

735
Shares
सुदूरपश्चिममा देखियो पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै

 सुदूरपश्चिम ।   कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ ।

भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमुना जाँच गर्दा आठजनामा कोरोनाको सङ्क्रमण फेला परेको  हो । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सचेत पनि गराएको छ ।

गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले मा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्धित पालिकासँग पनि समन्वय गर्ने गरिएको बताएका छन् ।

पछिल्लो २४ घण्टामा गौरीफन्टा र गड्डाचौकी सीमा नाकाबाट भित्रिने नागरिकमध्ये शङ्कास्पद ७६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा र पुस ८ गते दुईजनामा सङ्क्रमण फेला परेको निर्देशनालायको तथ्याङ्कमा उल्लेख छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सचेत पनि गराएको छ ।

 

735
Shares

ट्रेन्डिङ