सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी

मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी

565
Shares
मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरूबाट जलाइनु अराजकता भएको टिप्पणी गरिन् । उनले घटनामा मानिसहरूको मृत्यु समेत भएको उल्लेख गर्दै त्यसप्रति दुःख प्रकट गरिन् ।

‘भौतिक पूर्वाधार मन्त्रीको गाडी जलेको, त्यहाँ वैदेशिक रोजगारमा जानेहरूको आन्दोलन भइरहेको र त्यहाँ मन्त्रीज्यू काम विशेषले त्यो बाटो हिँड्नु हुँदा गाडी जलाइएको भन्ने सुनिएको छ । त्यसको यथार्थ विवरण आउन बाँकी छ । यथार्थ विवरण आएपछि सबै जानकारी गराउँला । तर जे घटना भयो त्यो गलत भयो । त्यो दुःखद् भयो । त्यस्तो गर्नु हुँदैन’, उनले भनिन्, ‘आफ्ना असन्तुष्टिहरू, आफ्ना कुराहरू, आफ्ना विषयहरू शान्तिपूर्वक राख्न पाउने सबैलाई अधिकार छ । त्यो राख्नुपर्छ । सरकारप्रति असन्तुष्टि व्यक्त गर्न पाइन्छ । तर त्यसको आफ्नो तरिका हुन्छ । जुन ढङ्गले यो घटना घटाइयो यसमा दुःख व्यक्त गर्न चाहन्छु । यो अराजकता हो । अराजकता फैलाउने, प्रश्रय दिने काम कसैले गर्नुहुँदैन । यो गलत भएको छ ।’

उनले सो घटनाको सम्बन्धमा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिने बताइन् ।

565
Shares

ट्रेन्डिङ