सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बृद्धबृद्धा सङ्ग जनप्रतिनिधिको जन्म दिन , व्यक्तिगत खर्चबाट खाध्यान तथा कम्मल सहयोग

बृद्धबृद्धा सङ्ग जनप्रतिनिधिको जन्म दिन , व्यक्तिगत खर्चबाट खाध्यान तथा कम्मल सहयोग

1735
Shares
बृद्धबृद्धा सङ्ग जनप्रतिनिधिको जन्म दिन , व्यक्तिगत खर्चबाट खाध्यान तथा कम्मल सहयोग

काभ्रे ।बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले आफ्नो जन्मदिन बृद्धबृद्धासङ्ग मनाएका छन्।

मेयर शाक्यले आफ्नो जन्म दिनको अवसर पारेर बनेपा वडा न ९ मा रहेको बौद्ध बृद्ध आश्रममा खाद्यान्य तथा लताकपडा सहयोग गरेर मनाएका हुन् ।शाक्यले अनुसार आफु पहिले साथिहरुको जन्म दिन मनाउन आएको र यस पटक आफ्नै जन्म दिन बृद्धबृद्धा सङ्ग मनाउन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

आफ्नो बाबुआमाको मृत्यु भएको केहि वर्ष वितेकाले अभिभाबकहरुनै यहा बस्दै आउनु भएकाले उहाहरुकै समिपमा रहेर जन्म दिन मनाउने ईच्छा भएकाले आफुले केहि खाद्यान्य र जाडोका लागि हुने कम्मल सहयोग गरेको शाक्यले जानकारी दिएका छन्।

आश्रममा बाबुआमाहरुका सहजताका जाडोमा तातोपानिको व्यवस्थापन हुने गरि सोलार जडान गर्ने कुरामा आफुले सहयोग गर्ने र तत्कालनै सो व्यवस्था मिलाईदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहयोग पाएर जाडोमा समेत तातोपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता पछि आमाबाबु र उहाका सहयोगीहरु बनेपा बृद्धा आश्रमका प्रतिनिधिहरुले मेयर शाक्यको लामो आयुको कामना गरेका थिए।

शाक्य हस्तातरण कार्यक्रममा बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यको परिवार , बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्र चौलागाई , बनेपा वडा न ८ का वडाअध्यक्ष शुभलक्ष्मी मानन्धर, बनेपा वडा न ९ का वडाअध्यक्ष निर्पेश बादे श्रेष्ठ, संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो।

1735
Shares

ट्रेन्डिङ