सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ४० देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट

४० देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट

680
Shares
४० देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डबलुएचओ) ले कोरोनाको नयाँ सब-भेरियन्ट जेएन डट वान हालसम्म नेपाल सहित विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको बताएको छ ।

डबलुएचओले यो भाइरसलाई कम घातका रूपमा वर्गीकरण गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडको बिरामीको भर्ना र उपचार गराउने बिरामीको दर बढ्दै गएको छ । 

ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान हुने यो भेरियन्टका मुख्य लक्षण हुन् । जोखिम वर्ग ज्येष्ठ नागरिक, गर्भवती महिला, स्वास्थ्यकर्मी,रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो भाइरसको जोखिम बढी छ ।

वृद्धवृद्धा,दीर्घरोगी,गर्भवती रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई रोगको जोखिम कमगर्न कोरोना विरुद्धको खोप लगाउन चिकित्सकको आग्रह छ ।  

680
Shares

ट्रेन्डिङ