सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु

ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु

590
Shares
ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु

काठमाडौं । अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकाले जानकारी गराएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रशासनले आक्रमणका बारेमा अझै पनि सत्य तथ्य सङ्कलन गरिरहेको  बताएका छन् ।

अमेरिकी सेन्ट्रल कमाण्डले एक छुट्टै विज्ञप्ति जारी गर्दै एकतर्फी ड्रोनबाट गरिएको आक्रमणमा घाइते सैनिकको सङ्ख्या २५ पुगेको पुष्टि गरेको छ । 

यस क्षेत्रमा इरान समर्थित लडाकूहरूविरुद्ध अमेरिकी प्रतिशोधात्मक आक्रमणहरू अहिलेसम्म उनीहरूलाई रोक्न असफल भएका छन् जसले गर्दा पहिलो पटक आक्रमणमा अमेरिकी सैनिकहरूको मृत्यु भएको छ ।

यसैबीच, इरानले जोर्डनमा भएको ड्रोन आक्रमणमा आफ्नो कुनै सम्लग्नता नरहेको बताएको छ ।

590
Shares

ट्रेन्डिङ