सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बालश्रममुक्त नगरपालिका घोषणा हुँदै पनौती नगरपालिका

बालश्रममुक्त नगरपालिका घोषणा हुँदै पनौती नगरपालिका

810
Shares
बालश्रममुक्त नगरपालिका घोषणा हुँदै पनौती नगरपालिका

काभ्रे | काभ्रेको पनौती नगरपालिकामा बालश्रम निवारणका सन्दर्भमा पत्रकारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेर नगर नै बालश्रम मुक्तनगर घोषणको तयारी गर्दै गरेको जानकारी दिईएको छ ।

बालश्रममुक्त नगरपालिका घोषणाको अन्तिम तयारीमा रहेको नगरपालिकाले हालसम्म गरेका प्रगति तथा आगामी योजनाको बारेमा जानकारी दिईएको थियो ।

कार्यक्रममा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगरपालिकाका निर्देशक प्रणराज न्यौपाने, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडा अध्यक्षहरु, कार्यपालिकाक सदस्य एवं विभिन्न शाखाका शाखा प्रमुख लगायत पत्रकारको उपस्थिती रहेको थियो ।

नगरपालिकाको वडा न ११ यस अघीनै बालश्रम मुक्त वडा घोषण भैसकेको छ भने भोलिनै वडा न ५ लाई घोषणा गर्ने तयारी छ ।

810
Shares

ट्रेन्डिङ