सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विदेशबाट श्रमिक नल्याउने मलेसियन सरकारको निर्णय

विदेशबाट श्रमिक नल्याउने मलेसियन सरकारको निर्णय

295
Shares
विदेशबाट श्रमिक नल्याउने  मलेसियन सरकारको निर्णय

 काठमाडौं ।  मलेसियाली सरकारले विदेशी श्रमिक भित्र्याएर रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ ।

श्रमिक भित्र्याएर रोजगारी दिन बन्द गर्ने मलेसियाली सरकारको निर्णयप्रति नेपाल सरकारले चिन्ता व्यक्त गरेको छ । मलेसियाले आगामी जुन महिनाको प्रारम्भ (१८ जेठ) देखि विदेशबाट श्रमिक नल्याउने गरी मलेसियन सरकारले निर्णय गरेको हो ।

गत शुक्रबार मलेसियाको गृह मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदार प्रवेश बन्द हुने भएकाले वैशाख मसान्तअघि आवश्यक कामदार भर्ना गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो । 

यो निर्णयको प्रत्यक्ष असर नेपालले भोग्ने जोखिम देखिएको छ ।  मलेसिया लामो समयदेखि नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य मुलुक हो ।

मलेसियाले श्रम बजारमा आप्रवासी कामदारको संख्या बढी भएकाले मलेसिया सरकारले आगामी वैशाख मसान्तसम्म आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने र त्यसपछि प्रवेशमा रोक लगाउने घोषणा गरेपछि वैदेशिक रोजगार व्यवसायीहरूले पनि चिन्ता प्रकट गरिरहेका छन् ।

295
Shares

ट्रेन्डिङ