सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा कौडा खेल्दै गरेका ५ जना पक्राउ

काभ्रेमा कौडा खेल्दै गरेका ५ जना पक्राउ

565
Shares
काभ्रेमा कौडा खेल्दै गरेका ५ जना पक्राउ

काभ्रेपलाञ्चोक | काभ्रे प्रहरीले धुलिखेल नगरपालिका वडा नम्बर ९ ढुङगाखानि स्थित शुसिल रानाभाटले संचालन गरेको शुभान होटेलमा कौडा खेल्दै गरेका ५ जनालाई नियन्त्रणमा लिएको छ ।

कौडा खेलिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी टोलीले ५ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ पर्नेको नाम र ठेगाना भने सार्वजनिक गरेको छैन् । उनीहरुको साथबाट पन्ध्र वटा कौडा सहित नेपाली रुपैँया २० हजार ६८० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा राखिएको छ । घटना हिजो बेलुकाको हो ।

565
Shares

ट्रेन्डिङ