सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • जेष्ठ नागरिकका लागी आश्रम बनाउने पुण्य कार्य सरकारको नीति नै हो :- मुख्य सचिव अर्याल

जेष्ठ नागरिकका लागी आश्रम बनाउने पुण्य कार्य सरकारको नीति नै हो :- मुख्य सचिव अर्याल

620
Shares
जेष्ठ नागरिकका लागी आश्रम बनाउने पुण्य कार्य सरकारको नीति नै हो :- मुख्य सचिव अर्याल

काभ्रे :- जिल्लाको बनेपा वडा न ५ मा रहेको चन्डेश्वरी मन्दिर नजिकै बृद्ध आश्रमको आज शिलान्यास गर्दै नेपाल सरकारका मुख्य सचिब डा बैकुण्ठ अर्यालले जेष्ठ नागरिकका लागी आश्रम बनाउने पुण्यको कार्यमा सरकारको सहयोग रहनेकुरामा विस्वस्थ हुन् आग्रह गरेका छन्। उनले सम्बोधनकै चरममा यस्ता पुण्यको कार्य सरकारको नीति नै रहेकाले सहयोग हुनेमा बिस्वास लिनका लागी आग्रह गरेका छन्।

सम्बोधनमा अर्यालले ” हामीले पनि केहि हाम्रा सिमाहरु हुन्छन। त्यसकारण कति सम्म गर्न सकिन्छ। गर्दै जाने हो एक्कै वर्षमा कुनै काम सम्पन्न हुदैनन्। तेसैले वर्ष वर्षमा कति सकिन्छ तेस्मा हामि लाग्नेछौ। तेसैले मुख्य सचिब आएर के-के भन्या थ्यो केहि पनि आएन भनेर मन खिन्नमा पछि नहुने गरी हामीले हाम्रा सिमा भित्र रहेर हाम्रा बाध्यताका विच रहेर यस्ता पुण्यका काममा पक्कै पनि सहयोग गर्छौ।

यो सरकारको नीति नै भएकाले सरकारको तर्फाबाट यो पक्क्का पनि हुनेछ। यो प्रति यहाहरुलाई विस्वास दिलाउदै मेरा तर्फबाट सहयोग गर्ने सहजिकरण गर्न पहल लिनेछु। यसमा पूर्ण प्रतिबद्ध छु। यहाहरुले तेस्मा बेला बेला झकखाकी रहनु हुन अनुरोध गरेका थिए। म झिझो नमानी त्यो पहल गर्छु। यो जेष्ठ नागरीक आश्रम छिटो निर्माण सम्पन्न होस्। र यहाहुनुभएका र अन्य क्षेत्रमा हुनुहुने जतिपनि जेष्ठ नागरिक हुनुनुन्छ जसलाई यस्ता आश्रमको खाचो छ। उहाहरु तेहा जान छिटो भन्दा छिटो लान सक्नुहोस भन्दै शुभकामना समेत ब्यक्त गरेका थिए। सरकारको बजेट राख्न मैले यात फर्कनु पनि पर्छ। योजना चाहिन्छ। बजेट बनाउनु अगाडी आएमा पहल लिनेछु।

निर्माण हुन् लागेको आश्रम ठुलो भवन मात्र नभएर , छुटा छुटै ब्लक हरु रहेका हेर्दा खेरी रिसोर्ट जस्तै देखिने खाल्को रैछ यो एकदमै महत्वपुर्ण छ। किन भन्दा खेरी बृद्ध अवस्थामा जेस्ठ नागरिक भैसकेपछी चाहिने भनेको खुल्ला पन पनि हो। खुल्ला हावा पनि हो एकै ठाउमा बस्न नसक्ने खुल्ला ठाउ चाहिने हुदा छुटा छुटै ब्लकमा भैसकेपछि तेहा अन्य सुविधापनि हुने हिडडुल पनि गर्न सकिने स्वच्छ हावा लिन सकिने र खुल्ला ठाउमा बगैचा देखि लिएर सबै ठाउमा रम्न सकिने हिसाबको डिजाईन गर्नु भएको छ। त्यो डिजाईन देखि लिएर जग्गा उपलब्ध गराउनेमा हार्दिक आभार ब्यक्त गर्दछु। मलाई चै असाध्यौ राम्रो लाग्यो। हेर्दाखेरी। त्यसैले मेरो आग्रह चै अलिकता काम गरेर सरकारको यहि बजेट आवस्यक हो भन्देखि यहि बर्ष गर्नुस मेरो तर्फबाट यसमा पहल रहन्छ। “

आज बनेपा नगरपालिका वडा न ५ चन्ड़ेस्वरी मन्दिर माथि मुख्य सचिब अर्यालले आश्रमको शिलान्यास गरेका हुन्। आश्रम करिब २० करोडको लागतमा १३ रोपनीमा बन्न लाहेको हो। बन्न लागेको सो आश्रममा करिब १०-१२ वटा भवन बन्ने छ। यहा अहिले करिब १०० जनालाई यहाँ राख्न सकिने गरि निर्माण प्रारम्भ गरिएको चण्डेश्वरी जेष्ठ नागरिक आश्रम निर्माण समितिका कोषाअधक्क्ष ग्रुबेन तौजल्यले जानकारी दिए। अहिले त् थोरै रकम बाट सुरु गरिएको हो। आज मात्र सहयोगीबाट २१ लाख संगकलन गरिएको तौजल्यले बताए।

आश्रम निर्माणमा व्यक्तिगत सहयोग र व्यक्तिगत सहयोगमा नै निर्माण हुने भवन मध्ये एक भवन बनाउने जिम्मा नै जिउदो सहित मुकेश कायस्थको परिवारले लिएको छ। चण्डेश्वरी जेष्ठ नागरिक आश्रमको भवन शिलन्यासमा प्रदेश संसद कन्चन चन्द्र बादे , बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य , अन्य सरोकारवाला सहयोगी र उधोग बाणिज्य महासंघका केन्द्रिय उपाधक्क्ष सुरकृष्ण बैध्य लगाएत स्थानीयबासीहरु र संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

620
Shares

ट्रेन्डिङ