सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दयालु चोर जसले चोरेको सामान माफी माग्दै फर्काइदिए

दयालु चोर जसले चोरेको सामान माफी माग्दै फर्काइदिए

11635
Shares
दयालु चोर जसले चोरेको सामान माफी माग्दै फर्काइदिए

 

भारतको उत्तर प्रदेशको बान्दामा चो रीको एक रोचक घ ट ना सार्वजनिक भएको छ ।

जब चो रलाई पसल धनीको समस्याको बारेमा थाहा भयो तब उनले सबै सामान फिर्ता मात्रै गरेनन् चो री गरेकोमा माफीसमेत मागे। चो रले उक्त पसलमा चो री गर्नुमा गलत सूचनालाई कारण मानेका छन् ।

बान्दाको चन्द्रायल गाउँका दिनेश तिवारी आर्थिक रुपमा निकै ग रि ब छन् । उनले ब्याजमा ४० हजार रिन लिएर वेल्डिंगको काम थालेका थिए। नियमित झैँ २० डिसेम्बरको बिहान पसल खोल्न पुगेपछि पसलको ताला टुटेको र पसलमा चो री भएको पाए । यस विषयमा उनी प्र ह रीकोमा उजुरी गर्न पनि पुगे तर कार्यालय प्रमुखको अनुपस्थितीका कारण उजुरी दर्ता हुन पाएन ।

दिनेशको पसलमा चोरी भएको खबर गाँउभरी फैलियो । लगत्तै चोरीको २ दिनपछि २२ डिसेम्बरका दिन गाउँका केहि मानिसमार्फत दिनेशले घरभन्दा केहि पर चोरी भएको सामान भेटिएको खबर पाए । चोरले चोरेको सामान सुरक्षित रुपमा एक बोरा र डब्बामा प्याक गरी त्यसमाथि माफीनामा लेखेर छाडेका थिए ।

फर्काएको सामानमा चोरले लेखेका थिए, यो दिनेश तिवारीको सामान हो । हामीलाई एक व्यक्तिबाट तपाईंको बारेमा थाहा भयो । हामी केवल त्यसलाई जान्दछौ जसले हामीलाई लोकेशनको सूचना दियो ।

ती दिनेश कुनै सामान्य मानिस होइनन् । तर जब हामीले तपाईंको बारेमा जानकारी पायौँ। हामीलाई दुख लागेको छ। त्यसैले हामी तपाईंको सामान फिर्ता दिदैँछौ ।

गलत लोकेशनका कारण हामीबाट गल्ती भयो । चोरको माफिनामा अनुसार चोर बाहरी भएको तर चोरलाई मद्दत गरी सूचना दिने व्यक्ति स्थानीय भएको बुझिन्छ ।

दिनेशका अनुसार उनको पसलबाट २ वेल्डिंग मेसिन, १ तराजु, १ ठुलो कटर मेसिन, १ ग्लेण्डर र १ ड्रिल मेसिन गरी कुल ५ सामान चोरी भएको थियो । तर ती सबै सामान दिनेशले सुरक्षित गरी फिर्ता पाएका छन् ।

दिनेश भन्छन्, ‘मेरो पसलमा चोरी कसले गर्‍यो । कसले सामान फिर्ता दियो त्यो मलाई थाहा छैन। त्यसैले मैले चोरीको सामान भेटिएको सूचना प्रहरीलाई दिइसके ।’

 

11635
Shares

ट्रेन्डिङ