सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बिश्व हिन्दु महासंघ नेपाल काभ्रेले बुझायो सिडियोलाई ज्ञापनपत्र

बिश्व हिन्दु महासंघ नेपाल काभ्रेले बुझायो सिडियोलाई ज्ञापनपत्र

2480
Shares
बिश्व हिन्दु महासंघ नेपाल काभ्रेले बुझायो सिडियोलाई ज्ञापनपत्र

काभ्रे :-बिश्व हिन्दु महासंघ नेपाल काभ्रेको आयोजनामा आज धुलिखेल सरस्वती बजार देखि शान्तिसदभाब र्याली गर्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो। केहि समय अघि धरानमा गोरु काटेर खाएको भिडियो सामाजिक संन्जालमाअपलोट भएपछी देशभर यो घटनाको विरोधका कार्यक्रम हुदै आईरहेका छन् l सोहि क्रममा बिश्व हिन्दु महासंघ नेपालको परिपत्र र बिश्व हिन्दु महासंघ नेपाल काभ्रेको आयोजनामा र्याली सहित ज्ञापन पत्र मार्फत सम्पूर्ण काभ्रेबासी हिन्दुहरुको ध्यान सो घटना र बेला बेलामा हुने यस्ता घटनामा खबरदारी गरेको हो।

 


देशमा पछिल्लो पटक गौ हत्याको बिषयलाइ लिएर बिश्व हिन्दु महासंघ नेपालले देश भरी नै गौ हत्याको घोर भर्सना गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाउने कार्यक्रम गर्दै आईरहेको र सोहि अभियानको निरन्तरताका लागि आजको शान्तिपूर्ण सदभाब र्यालीसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको बिश्व हिन्दु महासंघ नेपाल काभ्रेका अध्यक्ष प्रविण धितालले सबैको समाचारलाई जानकारी दिए।

 

काभ्रेका प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेलज्युलाई भेटेर बिश्व हिन्दु महासंघ नेपाल काभ्रे जिल्ला कार्य समिती परिवार, प्रदेश र केन्द्रीय सदस्य सहितको उपस्थितिमा ज्ञापन पत्र बुझाउदै गम्भीर ध्यानाकर्षण गराएको र आगामी दिनमा येस्ता गतिबिधी रोक्नका लागि अनुरोध समेत गरेको धितालले जानकारी दिएका छन् ।

2480
Shares

ट्रेन्डिङ