सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • छोरी बलात्कार गरेको घटना लुकाउन बुबाले गरे छोराको हत्या

छोरी बलात्कार गरेको घटना लुकाउन बुबाले गरे छोराको हत्या

810
Shares
छोरी बलात्कार गरेको घटना लुकाउन बुबाले गरे छोराको हत्या

सुर्खेत । बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्द जाहेरी दिएका थिए । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पीडित छोरीले बुबानै आएर दाजुको हत्या गरेको दाबी गरेकी छन् । रातिको घटना भएकाले विस्तृत अनुसन्धान भइरहको प्रहरी उपरीक्षक थापाले बताए । यता स्थानीयवासीले युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका बताएका छन् ।

गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव पञ्चपुरी नगरपालिका-५ मा फेला परेको थियो । 

दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए । बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए। मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए ।

पीडित छोरीले भारतमा लुकेर बसेका बुबालेनै नेपाल आएर दाजुको हत्या गरेर भागेको दाबी गरेकी छन् । ‘प्रहरीको अनुसन्धानमा जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ ।

810
Shares

ट्रेन्डिङ