सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • चीनको हुबेई प्रान्तमा विष्फोट, एक जनाको मृत्यु, २२ घाइते

चीनको हुबेई प्रान्तमा विष्फोट, एक जनाको मृत्यु, २२ घाइते

285
Shares
चीनको हुबेई प्रान्तमा विष्फोट, एक जनाको मृत्यु, २२ घाइते

काठमाडौं । चीनको हुबेई प्रान्तमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बुधबार बिहान ७ बजेर ५४ मिनेट जाँदा हुबेई प्रान्तको सान्हे शहरस्थित यान्जियाओमा रहेको एक भोजनालयमा विष्फोट भएको थियो ।

चिकेन सपमा ग्यास लिक भएर विष्फोट भएको र सो विष्फोटमा परी एक जनाको मृत्यु भएको जानकारी दिएको ग्लोबल टाइम्सले जनाएको छ ।

घटना लगत्तै आपत्कालीन सेवाको टोली विष्फोटस्थलमा परिचालित भएको थियो । घाइतेहरुको उपचार अस्पतालमा जारी छ ।

285
Shares

ट्रेन्डिङ